काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच शनिबार भेटवार्ता भएको छ।
शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच करिब एक घण्टा वार्ता भएको हो ।
सो क्रममा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेको स्रोतले बताएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।
संसद विघटन प्रकरण पछि नेकपा विभाजित भएपनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतैपनि खुलेका छैनन् ।
दुबै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आएपनि उनले निर्णय लिइसकेका छ्रनन् । गौतम दुबै पक्षको केन्द्रीय समिति र गुटको भेलामा सहभागी भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ पुस २०७७, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबिच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता