रोकिएन राजस्व छलीको शृंखला

पत्रपत्रिकाबाट

शनिबार, ११ पुस २०७७, ०७ : २५
रोकिएन राजस्व छलीको शृंखला

काठमाडौं । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन ।

मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार अनुगमन कार्यलाई तीव्रता दिएको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर करिब २० करोड रुपैयाँ राजस्व छलेको फेला पारेको छ ।

विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी करोडौं रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी र व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व छलीको आरोपमा विभिन्न कम्पनीका सञ्चालक र कारोबारीसहित पाँच जनाविरुद्ध राजस्व छलिएको रकम बराबर बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरूमाथि कुल १९ करोड ९६ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो । राजधानी दैनिकमा खबर छ ।