काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठक यही पुस १९ गते बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल गर्न पुस ७ गतेदेखि जारी आजको बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय समितिको बैठक पुस १९ गते पुनःबस्ने निर्णय गरेको हो ।
आजको बैठक संसद् विघटनका विरुद्धमा पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा पार्टीले गर्ने प्रदर्शनमा केन्द्रीत रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा मिनेन्द्र रिजाल, शङ्कर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० पुस २०७७, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिन्छ, सरकार गैरजिम्मेवार भयो : देउवा
पहिचानको मुद्दालाई कांग्रेसले सम्हालेर अगाडि बढाउँछ : महामन्त्री थापा
सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भएको कांग्रेसको ठहर
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन कांग्रेसको बटमलाइन, समिति गठनबेगर सदन चल्न नदिने
काँग्रेसका डम्बर खड्काले गरे उम्मेदवारी दर्ता
काँग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने