काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएसंगै नयाँ मुख्यमन्त्रीका लागि वाग्मती प्रदेशकी सांसद् तथा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय द्वन्द्वको असर प्रदेशमा पनि देखिएको छ । वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
वाग्मती प्रदेशका सांसद पशुपति चौलागाईंले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको पुष्टि गरे । चौलागाईंले भने, “उहाँ हाम्रो नेता हो, त्यसैले मुख्यमन्त्रीको प्रस्ताव गरेका छौं ।”
चौलागाईंका अनुसार मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमा प्रचण्ड-नेपाल समूहका ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । बिहान ११ बजेर २५ मिनेटमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । आजै प्रचण्ड-नेपाल समूहका तीनजना मन्त्रीहरु शालिकराम जम्मरकटेल, अरुण नेपाल र युवराज दुलालले राजीनामा दिएका छन् ।
अविश्वास प्रस्तावमा शालिकराम जम्मरकटेल प्रस्ताव छन् भने समर्थकमा अरुण नेपालसहितका सबै रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो ५ सय जरिवाना
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ