काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटहरूको सुनुवाइ गर्न सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासमै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठन नमिलेको बताएका छन् ।
संवैधानिक इजलासमै वकिलहरूले प्रश्न उठाएकापछि त्रिपाठीले इजलास नमिलेको बताएका हुन् । त्रिपाठीले प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलासलाई लिएर शंका गर्न नमिल्ने बताए।
‘तपाईं सधैँ संवैधानिक इजलासमा बहस गर्न आउने बरिष्ठ अधिवक्ताले यस्तो भन्न मिल्छ? यसरी प्रश्न गर्ने हो भने हामी सबै उठेर गए हुन्छ। त्यसपछि के हुन्छ ?’ राणाले भने।
अहिले ती रिटहरूमा सुनुवाइ भइरहेको छ। रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफूसहित पाँच जनाको इजलास बनाएका थिए।
इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० पुस २०७७, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश
यातायात व्यवसायीको हड्तालविरुद्ध सर्वोच्चमा रिट, बुधबारलाई तोकियो पेसी
आज पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै
निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा आएन अन्तरिम आदेश