काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले माइतीघर मण्डलमा शुक्रबार बिहान प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा उनीहरु सडकमै बसेर आन्दोलन थालेका हुन् ।
शुक्रबार बिहान साढे ९ बजेदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरूले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन् । उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्। प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ।
प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गरु, ‘संवैधानिक कू मान्दैनौं’ जस्ता नारा लगाएका छन्। प्रदर्शनमा सहभागीहरुले विभिन्न नाराबाजी समेत गरेका छन् । उनीहरुले प्रतिगमन विरुद्ध एक हौं, संसद विघटन गर्न पाईदैन्, लगायतका नाराबाजी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग