काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले माइतीघर मण्डलमा शुक्रबार बिहान प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा उनीहरु सडकमै बसेर आन्दोलन थालेका हुन् ।
शुक्रबार बिहान साढे ९ बजेदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ।
उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरूले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन् । उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्। प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ।
प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गरु, ‘संवैधानिक कू मान्दैनौं’ जस्ता नारा लगाएका छन्। प्रदर्शनमा सहभागीहरुले विभिन्न नाराबाजी समेत गरेका छन् । उनीहरुले प्रतिगमन विरुद्ध एक हौं, संसद विघटन गर्न पाईदैन्, लगायतका नाराबाजी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड