प्रचण्ड–नेपाल समुह सर्वोच्च अदालत देखि निर्वाचन आयोग सम्म जाँदै

आजै दिउँसो दुई अध्यक्षले पत्रकार सम्मेलन गर्दै

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, ०९ : ०५
प्रचण्ड–नेपाल समुह सर्वोच्च अदालत देखि निर्वाचन आयोग सम्म जाँदै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समुहले आज निर्वाचन आयोग र सर्वाेच्च अदालतमा पार्टीका सबै केन्द्रीय सदस्य र सांसद जाने भएका छन् । पार्टीको अर्काे पक्षले हठा्त आफ्नो संकट टार्न असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटन गर्ने र निर्वाचन आयोगमा समेत फर्जी कागजपत्र पेश गरेर सत्ता र शक्तिको दुरुपयोग गर्न खोजेपछि उनीहरु आज सर्वाेच्च र निर्वाचन आयोग जान लागेका हुन् ।

अहिले बिहान साढे ९ बजे माइतीघर मण्डलामा जम्मा भएर उनीहरु सर्वाेच्च जान लागेका हुन् । त्यसपछि मध्यान्ह १२ बजे कान्तिपथ स्थित निर्वाचन आयोग जाने तयारी गरेका छन् । प्रचण्ड र माधव नेपालले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर आफ्ना धारणा पनि सार्वजनिक गर्ने तयारी गरेका छन् । 

‘सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबै जना उपस्थित भएर बहुमत सदस्य हामी एक ठाउँमा छौं भनेर देखाउने निर्णय भएको छ,’ स्थायी समिति सदस्य भीम आचार्यले सफलखबरसँग भने, ‘त्यही भएर अहिले हामी सर्वाेच्च अदालत र निर्वाचन आयोग जान लागेका हौं ।’ त्यसो त तत्कालिन एमाले र माओवादी केन्द्र मिलेपछि नेकपा बनाउँदा ऋषि कट्टेलले सर्वाेच्चमा आफ्नो पार्टीको नाम नेकपा भएको र त्यो अतिक्रमण भएको दाबी सहित रिट दर्ता गरेका थिए ।

त्यसपछि नेकपाले आफ्नो नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउने निर्णय लिएका थिए । अहिले पनि यो मुद्दा सर्वाेच्चमा छ । तर जब नेकपाभित्र विभाजन आयो, तब ओली पक्षले अहिले यो नाममा सर्वाेच्चमा रहेको मुद्धा योजनाबद्ध रुपमा फेरि अगाडी बढाएर आफु एमाले ब्यूँताउने र प्रचण्ड नेपाल समुहलाई नेकपा नामबाट पनि विमुख बनाउने योजनाका साथ गेम प्लान खेल्न खोजेको आशंका पनि ब्यक्त भईरहेका छन् ।

सर्वाेच्चले कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएमा एकता भंगको अवस्था आउने र सूर्य चुनाव चिन्ह देखि पूर्व एमाले ब्यूँताउने सम्मको काम हुने खतरनाक डिजाइन हुन सक्ने आशंका पनि ब्यक्त भईरहेको छ । त्यही आशंका चिर्ने, प्रतिगमनका विरुद्द संर्घषमा उत्रने निर्णय नेकपाको प्रचण्ड नेपाल समुहको छ । १४ पुसमा देशव्यापी आन्दोनल गर्न लागेको यो पक्षले आफ्नो समुह वैधानिक भएको र बहुमत नेता आफुसँग भएको प्रमाणित गर्नका लागि पनि निर्वाचन आयोग देखि सर्वाेच्च सम्म जान लागेका हु्न ।
 

प्रतिक्रिया दिनुहोस