ओली पक्षीय  केन्द्रीय समिति बैठकको पृष्ठभूमि परिवर्तन, दाँयाबायाँ पुष्पलाल र मनमोहनको तस्बिर

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १४ : ५२
ओली पक्षीय  केन्द्रीय समिति बैठकको पृष्ठभूमि परिवर्तन, दाँयाबायाँ पुष्पलाल र मनमोहनको तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिहीबारको केन्द्रीय समिति बैठकको पृष्ठभूमि परिवर्तन गरेको छ ।  

यसअघिको दोस्रो केन्द्रीय समिति बैठकमा कुनैपनि नेताको फोटो नराख्ने निर्णय गरेको ओली पक्षले बिहिबारको बैठकको ब्यानरमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको तस्बिर राखेको छ । 

बैठकमा केपी ओलीको दायाँतर्फको कुर्सीमा बादल बसेका छन् भने बायाँतर्फ नेता ईश्वर पोखरेल छन् । पहिलो लहरमा पूर्वमाओवादीका टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि सँगै बसेका छन् । 

यसअघिको दोस्रो केन्द्रीय समिति बैठकमा कुनैपनि नेताको फोटो नराख्ने निर्णय गरेको थियो । यसअघि मंगलबार बसेको ओली पक्षको बैठकमा हँसिया हथौडा भएको झण्डामात्रै राखेको ओली समूहले बिहीबारको बैठकमा सूर्य चिन्हसमेत राखेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको पृष्ठभूमिमा सूर्य चिन्ह र हँसिया हथौडा अंकित ब्यानर राखिएको छ । 

नेकपा विभाजनको औपचारिक घोषणा हुन बाँकी रहेपनि कुन पक्षले नेकपा पार्टी नाम र सूर्य चिन्ह आफ्नो पक्षमा पार्ने भन्नेमा होडबाजी छ । यता प्रचण्ड-माधव पक्षले भने बैठकमा कुनै नेताको तस्बिर राखेका छैनन् । उनीहरुले एकातिर हसिया हथौडा र सूर्यभित्र हसिया हथौडा अंकित ब्यानर राखेका छन् । 

प्रतिक्रिया दिनुहोस