काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। उक्त बैठक सभापति रवि लामिछानेको निर्देशनमा आह्वान गरिएको जनाइएको छ।
यसअघि आइतबार सचिवालय बैठक बस्ने तयारी गरिएको छ। सो बैठकमा संगठनसँग सम्बन्धित विभिन्न विषयहरूमा प्रारम्भिक छलफल हुने बताइएको छ।
सचिवालय तहमा जिल्ला अधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि, बैंक खाता व्यवस्थापन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको संरचना र विभिन्न विभागहरूमा पदाधिकारी मनोनयनजस्ता विषयहरू प्राथमिक एजेन्डामा रहने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?
आइतबार रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
रास्वपाको ‘लेवी’ : सांसद-मन्त्रीबाटै वार्षिक ४ करोडभन्दा बढी संकलन
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन
रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)
रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल