पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । गए मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए । धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०९ पुस २०७७, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बुटवलमा बुवाले गरे आफ्नै १७ वर्षीया छोरीको हत्या
वैदेशिक रोजगारीबाट फर्किएपछि पत्नीको हत्या
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु
खन्तिले हानेर साथीको हत्या