अमेरिका । अमेरिकामा कोरोना भाइरसको कहर कायमै छ । २० डिसेम्बरसम्मको आँकडाअनुसार पछिल्लो हप्ता कोरोना भाइरसले प्रत्येक ३३ सेकेन्डमा एकजनाको ज्यान लिएको छ । केवल ७ दिनभित्रै कोरोनाका कारण अमेरिकामा १८ हजारभन्दा धेरैको मृत्युु भयो ।
स्वास्थ अधिकारीहरुले नयाँ वर्षको पूर्व सन्ध्यामा भ्रमण नगर्न अपिल गरेपनि यो लागुु भएको छैन । शुक्रबार, शनिबार र आइतबार अमेरिकाका विमानस्थलहरुमा ३२ लाखभन्दा धेरै मानिसहरुको चेकजाँच गरिएको छ । नयाँ वर्षको विदाका क्रममा यात्रा गर्नेहरुका कारण कोरोना भाइरसको संक्रमण र अस्पतालहरुमा बिरामीको संख्या बढ्ने चिन्ता स्वास्थ अधिकारीहरुलाई छ ।
अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपले प्रयोगको अनुुमति पाइसकेको छ । यद्यपी, तिव्र रुपमा बढेका संक्रमणको घटनाका कारण थप संकट खडा हुनसक्ने अनुमान पनि गरिएको छ । गत हप्ता क्यार्लिफोनिया, रोड आइल्यान्ड, टेनेस्सीलगायत राज्यमा प्रति व्यक्ति संत्रमरण दर बढेको छ ।
अमेरिकाका ५० राज्यमध्ये ३१ राज्यमा संक्रमितको संख्या १० प्रतिशत वा त्यसभन्दा बढी छ । विश्व स्वास्थ संगठनका अनुसार ५ प्रतिशतभन्दा धेरै संक्रमण दर हुनु निकै चिन्ताको विषय हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ पुस २०७७, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु