काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनस्र्थापित हुने दावी गरेका छन् । बुधबार संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘संसद पुनस्र्थापित हुन्छ, सरकार चलाउँछौँ, नेपालको सबैभन्दा ठूलो दल हाम्रै हुन्छ ।’
उनले हिजोको नेकपाको बैठक आधिकारिक बैठक भएको दावी गरे । उनले भने, ‘७० प्रतिशत केन्द्रीय सदस्य सहभागी भएको सवैले देखेका छन् । ९५ जना सांसदपनि हामीसँग छन्, अनि कुन पार्टी ठूलो हुन्छ ?’ उनले उच्च मनोवलका साथ काम गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले विदेशी मिडियाहरुले समेत नेपालको संसद विघटन असंवैधानिक भएको भनिरहेको भन्दै संविधान अनुसार नै संसद विघटन भएको भनाईप्रति संसारका संविधानविदहरु आश्चार्यमा परेको बताए । प्रचण्डले नेपालमा अस्थिरता चाहाने शक्तिले खेलिरहेको भन्दै यसका विरुद्ध सशक्त आन्दोलनका साथै कानुनी रुपमा अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ पुस २०७७, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड