काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेकाे विराेधमा नेविसंघले आज काठमाडौंको रत्नपार्कमा विराेध सभा गरेको छ ।
सभालाई संवोधन गर्दै नेपाली कांग्रेसक युवा नेता कुन्दनराज काफ्लेले प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर संसद विघटन गरी संविधानको मर्म र भावनालाई कुल्चिएको बताउनुभयो । ओलीले संविधानलाई च्यातेर, गणतन्त्रको घाँटी निमोठ्ने प्रयास गरेको काफ्लेको आरोप छ ।
ओलीले संसद विघटन गरेर चुनाव घोषणा गरेकोमा सारा नेपालीले विरोध गरेको तर राप्रपाका अध्यक्ष कमल थापाले त्यसलाई स्वागत गरेकाे प्रशंग निकाल्दै काफ्लेले यसले ओली र थापाबिच साँठगाँठ रहेको पुष्टि भएको बताउनुभयो ।
'पहिलादेखि नै गणातन्त्र विरोधी थापा र बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओलीको कुरा मिलेको छ', उहाँले भन्नुभयो, 'यसलेे यी गणतन्त्रविरोधी एउतै कित्तामा उभिएको रओलीको कदम गणतन्त्र विरोधी रहेको पुष्टि हुन्छ ।'
प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक कदम सच्याउन सारा नेपाली एक हुनुको बिकल्प नरहेको उहाँले बताउनुभयो । ओलीले गराउने भनेको चुनाव शाही शासनमा ज्ञानेन्द्र शाहले गराएको चुनावजस्तै हुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा