गृहमन्त्री थापा (बादल) को ‘क्वार्टर’ मा नेताहरुको रुवाबासी

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, ०८ : २५
गृहमन्त्री थापा (बादल) को ‘क्वार्टर’ मा नेताहरुको रुवाबासी

काठमाडौं । एक जमाना थियो, गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापा (बादल) निक्कै क्रान्तिकारी थिए । १० वर्षे जनयुद्द समाप्तीसँगै शान्तिपूर्ण राजनीतिमा आएपछि त्यही बादलले प्रचण्डहरुले क्रान्ति छोडे, अझै क्रान्ति पूर्ण भएको छैन् भन्दै माओवादी पार्टी विभाजन गरे । अर्थात मोहन वैध (किरण)को नेतृत्वमा बादल, विप्लवहरुले नेकपा–माओवादी गठन गरे । 

संसदीय भासमा जान नहुने भन्दै क्रान्तिकारी बाटो पक्डिन छोडनु नहुने त्यसबेला बादलको प्रशिक्षण हुने गर्दथ्यो । दोश्रो संविधानसभा त अझ यो पक्षले बहिष्कार नै पनि गर्यो । पछि टुक्रिएर हुदैंन, एकताबद्ध माओवादीबाट नै जनयुद्धका सहिद, बेपत्ताहरुका अझै अपूरा सपना पूरा गर्ने बाटोमा लाग्न सकिन्छ, एकीकृत माओवादीबाट मात्र त्यो सम्भव हुन सक्छ भन्दै शान्ति प्रक्रियामा छिन्नभिन्न भएको माओवादी आन्दोलन फेरि जोडिने प्रयास भयो । 

कम्युनिष्ट पार्टीलाई नै समाप्त पार्दै आईरहेका केपी ओलीसँग बादल टाँसिन पुगे । अन्ततः पार्टी नै विभाजनको डिलमा पुग्दा पनि उनले आफनो कित्ता प्रष्ट पारेनन् । बरु ओलीसँग नजिकिन खोजेको उनी निकट नेताहरुमा आशंका बढ्यो । त्यसपछि उनी सँगै पार्टी एकतामा आएका पम्फा भुषाल, देव गुरुङ, हितमान शाक्य, लेखनाथ न्यौपाने लगायतका १६ नेताले सोमबार बिहानै बादलको मन्त्री क्वार्टरमा गएर ओलीको प्रतिगमनको मतियार हुन नहुने धारणा राखे ।

१० माओवादी घटकहरुको पार्टी एकता भयो । मणि थापा, मात्रिका यादव, रामबहादुर थापा (बादल) लगायतका सवै पक्ष फेरि प्रचण्डको नेतृत्वमा धुव्रिकृत हुन आईपुगे । मोहन वैद्यको पार्टीमा त्यसभन्दा अगावै फेरि विभाजन आएर विप्लवले नयाँ पार्टी बनाईसकेका थिए । बादलले मोहन वैद्यको समुह छोडेर प्रचण्डसँग एकतामा आए । तर १० माओवादी धारका पार्टीहरुको एकता पछि फेरि प्रचण्डले समाजवाद निर्माणका लागि कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने प्रस्तावमा साथ एमाले र माओवादी केन्दबीच एकता प्रयास भयो ।

गत चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा गएका एमाले र माओवादी केन्द्र अन्ततः २०७५ जेठ ३ मा एकता भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । नेकपाको सरकारमा थापा गृहमन्त्री बने । ओली प्रधानमन्त्री । त्यसपछि निक्कै क्रान्तिकारी छवि बनाउँदै आएका बादलमा क्रमशः त्यो छवि हराउँदै गयो । अन्ततः कम्युनिष्ट पार्टीलाई नै समाप्त पार्दै आईरहेका केपी ओलीसँग बादल टाँसिन पुगे । अन्ततः पार्टी नै विभाजनको डिलमा पुग्दा पनि उनले आफनो कित्ता प्रष्ट पारेनन् ।

बरु ओलीसँग नजिकिन खोजेको उनी निकट नेताहरुमा आशंका बढ्यो । त्यसपछि उनी सँगै पार्टी एकतामा आएका पम्फा भुषाल, देव गुरुङ, हितमान शाक्य, लेखनाथ न्यौपाने लगायतका १६ नेताले सोमबार बिहानै बादलको मन्त्री क्वार्टरमा गएर ओलीको प्रतिगमनको मतियार हुन नहुने धारणा राखे । सबै नेताले प्रचण्डलाई साथ दिनुपर्ने भन्दै वैचारिक राजनीतिक एजेण्डामा ओलीलाई साथ दिन नसक्ने धारणा राखे ।

ओलीले संसद विघटन गरेर प्रतिगमन निम्ताएको र सिंगो संघीय लोकतान्त्रिक ब्यवस्था विरुद्ध नै गम्भीर संकट निम्ताएको तर्क गरे । आफ्नो मत राख्ने क्रममा राष्ट्रिय सभा सदस्य समेत रहेका मायाप्रसाद शर्मा (पारसमणि) र अमृता थापाले जनयुद्ध कालका दुखः देखिका श्रृखंला स्मरण गर्दै बादलकै सामु अहिले ओलीसँग मिल्न नहुने धारणा राख्दै रोएका थिए ।

‘निक्कै भावनात्मक कुरा गरेर रुदै मायाप्रसाद शर्मा र अमृता थापाले बादललाई हिजोको क्रान्ति, बलिदानका विषयमा स्मरण गराउनु भएको थियो,’ बादल क्वार्टरमा छलफलका लागि पुगेका नेतामध्येका एक नेताले सफलखबरसँगको कुराकानीका क्रममा भने,–‘त्यसपछि बादलले वैचारिक राजनीतिक मिल्नेसँगै आफ्नो पक्षधरता खुल्ने र त्यसका लागि दुई अध्यक्षसँग सम्वाद गरेर निर्णय लिने बताउनुभयो ।’
 

प्रतिक्रिया दिनुहोस