'संसद विघटन सदर गर्ने राष्ट्रपतिको निर्णय राजनीतिक, संवैधानिक र नैतिक रूपमा अमिल्दो'

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १९ : ०१
'संसद विघटन सदर गर्ने राष्ट्रपतिको निर्णय राजनीतिक, संवैधानिक र नैतिक रूपमा अमिल्दो'

फाइल तस्विर

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन सदर गर्ने राष्ट्रपतिको निर्णय राजनीतिक, संवैधानिक र नैतिक रूपमा अमिल्दो रहेको बताए ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यादवले भने, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। उहाँ आफ्नो भूमिका निर्वाह गर्नबाट चुक्नुभएको छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

अब यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नैपर्छ भन्ने विनम्र आग्रह पनि छ ।’

प्रतिक्रिया दिनुहोस