काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपतिले गरेको अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा निवेदन पेस भएका छन् ।
यसबारे अरू पनि निवेदन पर्न सक्ने भन्दै सर्वोच्च अदालत प्रशासनले ती निवेदन सोमबार मात्रै दर्ता गर्ने जनाएको छ । सोमबार थप निवेदन दर्ताका लागि सर्वोच्च अदालतमा पेस हुँदै छन् । सर्वोच्च अदालत प्रशासनले सबै निवेदनलाई एकैसाथ राख्नेछ ।
सर्वोच्चमा अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीको एउटा निवेदन दर्ता भएको छ अनि अधिवक्ताहरू समृत र सुलभ खरेलले अर्को निवेदन पेस गरेका छन् । त्यसैगरी अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अर्को निवेदन पनि पेस गरेका छन् । सोमबार नेकपाका केही नेताका तर्फबाट रिट निवेदन दर्ताको तयारी भएको सर्वोच्च अदालत स्रोतले बतायो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ पुस २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनः स्थापनाका लागि एमाले सर्वोच्च जाने
मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
मधेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
सर्वोच्च र काठमाडौँ जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी दर्ता
आज सर्वोच्चमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ