काठमाडौं । कैलालीमा लागुऔषधसहित एक भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुर र लम्कीबाट संयुक्त रुपमा खटीएको टोलीले टीकापुर नगरपालिका–८ खक्रौलाबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरीका जसपाल सिंहलाई २० ग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
सिंहका साथबाट लागुऔषध नापतौल गर्ने डिजिटल तराजु एक थानसमेत बरामद गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०४ पुस २०७७, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ