उखु किसानको पिडा : ऋणले बहुलाइसकेँ, समाजमा मुख देखाउनै गाह्रो भो

पत्रपत्रिकाबाट

विहीबार, ०२ पुस २०७७, ०७ : ४९
उखु किसानको पिडा : ऋणले बहुलाइसकेँ, समाजमा मुख देखाउनै गाह्रो भो

काठमाडौँ । गौशालास्थित धर्मशालाको सानो कोठा । कोठाभित्रको एउटै खाटमा आराम गर्दै थिए दिनभरको आन्दोलनले लखतरान उखु किसान । त्यही समूहमा पातलो ब्ल्याङ्केट ओढेर ढल्केका थिए उनी । साथीहरुले आन्दोलनका कुरा गर्दा आफ्नो कान उनीहरुकै नजिक पुर्‍याएर सुन्ने प्रयास गर्थे । दाहिने कान नसुन्ने भएकाले होला उनीसँग बोल्दा साथीहरु अलि ठूलै स्वरमा बोल्थे । 

उनी अर्थात गगनदेव राय । घर रामनगर गाउँपालिका, सर्लाही । उखु किसान आन्दोलनका लागि काठमाडौं आएको तेस्रो दिन गौशालाको धर्मशालामा भेटिए उनी । ७० वर्षीय गगनदेव यसअघि कात्तिकमा उखु किसान संघर्ष समितिसँग काठमाडौं आएका थिए । त्यतिखेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग समितिले किसानका समस्याहरु पोखे । अन्य किसानलाई झैं राष्ट्रपतिसँग भेटेपछि गगनदेवलाई पनि आफ्नो समस्या हल हुने आश थियो । देशकै ठूलो व्यक्तिसँग भेटेपछि त मिल मालिकले पैसा दिइहाल्लान् नि सोचेर घर फर्के उनी । तर वर्षभरि दुस्ख गरेर उब्जाएको उखुको पैसा उनले पाएनन् ।
बाध्य भएर फेरि काठमाडौं फर्केका छन् गगनदेव । चार दिनदेखि माइतिघरमा आन्दोलनरत सबै किसानका झैं उनको पनि एउटै कुरा छ, ुसरकारले झुटो आश्वासन दियो । पैसा फलानो दिन दिन्छु भनेर बारम्बार सम्झौता मात्रै गर्‍यो । उता घरको ऋण बढेको बढ्यै छ । यसपटक पैसा नलिई खाली हात घर फर्कन्‍नँ । चाहे भोकै मर्न किन नपरोस् ।'

गगनदेवले अन्नपूर्ण चिनी मिलसँग करिब चार लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ । ठूलो जहान पाल्न एक बिघा खेत बन्धकी राखेर १० लाख ऋण लिएका छन् उनले । ऋण लिएको १ वर्ष हुन लाग्यो । बैंकको ब्याजसमेत तिर्न सकेका छैनन् । ुकसरी तिर्ने ब्याज रु मिलले पैसा दिएको भए दिन्थे । मिलले मारमा पार्‍यो हामीलाई, गगनदेवले आफ्नो समस्या पोखे, 'नातानातिनीलाई कापी कलम माग्छन् कसरी दिउँ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस