उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०८२, १३ : ५४
उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननसिंह केसीले उखु किसानका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन । उनले कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी भएको बताए । उखु सिकसाको बक्यौता भुक्तानी, सरकारी अनुदान पूर्ववत राख्न तथा मल आपूर्ति गर्न माग गरे ।

उनले भने, ‘सभामुख महोदय कृषिप्रधान देशका किसानहरु निरन्तर समस्यामा छन् । उखु किसानहरु भुक्तानी ढिलाई, सरकारी अनुदान कटौती, कम मूल्य र मलको अभावले धर्नामा छन् । तत्काल माग सम्बोधन होस् ।’ 

उनले बाढी पहिरोबाट विभिन्न ठाउँमा नागरिकले ज्यान गुमाइरहेको भएपनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए । 

प्रतिक्रिया दिनुहोस