नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बुधबारसम्म ९९ लाख ३२ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २६ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।
गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ३८७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ९६ जना पुगेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ५६ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा ३ हजार ३२ हजार सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ पुस २०७७, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
‘अपरेशन सिन्दूर अझै जारी छ’ : भारत
भारत–पाकिस्तानबीच युद्धविराम
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानी गोलाबारीमा भारतको जम्मू क्षेत्रमा पाँचजनाको मृत्यु, तीन घाइते