काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो । मङ्गलबारको तुलनामा प्रतितोला रु ८०० ले उकालो लागेको महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो । यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ । मङ्गलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ पुस २०७७, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
एक सातामा सुनको मूल्य तोलामै बढ्यो ८ हजार ९०० रुपैयाँ
सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, कतिमा हुदैछ कारोबार ?