खुमलटार बैठकको निष्कर्ष - अध्यादेश फिर्ता नलिए काउन्टरको तयारी

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १९ : २०

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक हिसावले अनुचित रहेको नेकपाका बहुमत सचिवालय सदस्यले बताएका छन् । 

सरकारले मंगलबार अध्यादेश ल्याएापछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसबारे पार्टी कमिटिमा गम्भिर निष्कर्ष निकालेको हो ।

‘बैठक जारी भएका बेला पार्टीलाई कुनै जानकारीसमेत नदिएर अध्यादेश ल्याउनुलाई हामीले गम्भीर विषयका रुपमा लिएका छौ’ बरिष्ठ नेता झलनाथ खनालले भने, ‘यसबारे पार्टीमा गम्भीर छलफल गर्छौ र निर्णय गर्छो ।’

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि कार्यकारी अध्यक्षप्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा भेला भएर छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस