सरकारले ल्याएको अध्यादेशले नेकपामा हलचल, तत्काल खारेज गर्न प्रचण्डको माग

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १५ : ५३
सरकारले ल्याएको अध्यादेशले नेकपामा हलचल, तत्काल खारेज गर्न प्रचण्डको माग

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश ल्याएपछि सत्तारुढ दल (नेकपा) मा हलचल आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । उनले संविधानको मूल्य मान्यता र भावनाविपरीत अध्यादेश आएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताए । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । प्रचण्डले अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको बताए । 

अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको स्थायी समितिको बैठक चलिरहेको समयमा पार्टीलाई थाहा नै नदिई अध्यादेश ल्याउनु गलत हो, तत्काल फिर्ता
गर्नुपर्छ ।’ 


 

प्रतिक्रिया दिनुहोस