काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएको बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न भएको संकटबाट संविधान विरोधी र अहिलेको व्यवस्था विरोधीहरु सक्रिय भएको बताएका हुन् ।
उनले अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्ष सहित राजावादीहरु समेत सक्रिय भएको बताए । यस्तै, सरकार विरोधीहरुले सरकारलाई विस्थापित गर्न सकिन्छ कि भन्ने प्रयास गरिरहेको पनि बताए ।
यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दलले समेत देशव्यापी रुपमा सरकार विरोधी प्रदर्शन गरेको बताए । तर पनि सरकारलाई कसैले विस्थापित गर्न नसक्ने गृहमन्त्री थापाले बताए ।
राजावादीहरु गणतन्त्रलाई विस्थापित गरी राजतन्त्रलाई पुनस्थापित गर्न चाहने र विप्लव माओवादीहरु समाजवादी क्रान्ती गर्ने भाषा लिएर अगाडी बढेको बताए । पार्टीभित्र देखिएको विरोध स्वभाविक भएको पनि गृहमन्त्री थापाले बताए ।
पार्टी भित्र बसेर सरकारलाई कमजोर बनाउने काम भइराखेको अवस्थामा स्थायी कमिटी बैठक बसेको र त्यहीबाटै समस्या समाधान हुने पनि उनले बताए । गृहमन्त्री थापाले पार्टी फुट्ने भन्दापनि थप मजबुत बनेर जाने बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० मंसिर २०७७, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव