एजेन्सी । भारतको केन्द्र सरकारले ल्याएको कृषि सम्बन्धी कानुनको विरोधमा कृषकले थालेको आन्दोलन दिन प्रति दिन चर्किदैं गएकोछ । कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा किसानहरुले थालेको ‘दिल्ली चलो’ आन्दोलनको १८ दिन भएको छ ।
यसबिचमा सरकार र किसानबिच बारम्बार वार्ता भएपनि अहिले सम्म कुनै पनि सहमति नहुँदा आन्दोलन चर्किदै गएको छ । पञ्जाब, हरियाण, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले सोमबार दिल्ली–जयपर राजमार्ग बन्द गरेका छन् । उनीहरुले राजमार्गमा बसेर प्रदर्शन गरेका छन् ।
आन्दोलित किसानले दिल्लीको मार्ग रोकेको भए पनि हरियाणा पुलिसले उनीहरुलाई राजस्थानसँग जोडिएको सीमामै रोकेको छ । सो प्रदर्शनको नेतृत्व किसान युनियनको संयुक्त मोर्चासँग जोडिएको नर्मदा बचाउ आन्दोलनकी मेधा पातकर, स्वराज इन्डियाका योगेन्द्र यादवसहितका व्यक्तिले गरेका छन् ।
अहिले दिल्ली–जयपुर राजमार्ग बन्द रहेको छ । यस्तै हरियाणाबाट दिल्ली आउने सबै सडकमा किसानले प्रदर्शन तथा धर्ना गरेका छन् । सरकारले ल्याएका तीन कृषि कानून किसान विरोधी र व्यवसायिक घरानालाई पोस्ने खालको रहेको आन्दोलित किसानको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ मंसिर २०७७, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्ल्याण्डविरुद्ध भारत : ६ जना खेलाडी शून्यमा आउट हुँदा बने रोचक रेकर्ड
कप्तान गिलको शतकको सहयोगमा भारत बलियो
रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना