कञ्चनपुर । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पक्राउ गरेको छ ।
मानव ओसारपसार तथा बेचबिखन मुद्दामा वारदातदेखि फरार रहेका भीमद नगरपालिका–८ का पवन जोशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
उनका अनुसार जोशी मङ्सिर २३ गते वारदात गरेदेखि फरार रहेका थिए । पक्राउ परेकामाथि आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी कानूनबमोजिम कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
मानव ओसारपसार तथा बेचबिखन मुद्दामा उच्च अदातबाट दोषी ठहर भई १० वर्ष कैद र रु एक लाख जरिवाना सजाय फैसला भएका कैलालीको साविक बेलादेवीपुर गाविस–३ सेरी बस्ने ३३ वर्षीय बमबहादुर सार्कीलाई घर ठेनागामै लुकीछिपी बसेको बेला पक्राउ गरिएको छ ।
लागुऔषध खैरो हिरोइन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–१३ बस्ने २२ वर्षका धीरज भट्ट र सोही ठाउँ बस्ने २३ वर्षका सुरेश ऐरलाई घरमा लुकीछिपी बसेको बेला पक्राउ गरी आवश्यक अनुसनधान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २९ मंसिर २०७७, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ