काठमाडौं । दक्षिण अफ्रिका पु¥याएर मानिस बिक्री गरेको अभियोगमा एक महिलालाई प्रहरीको मानव बेचबिखन ब्यूरोले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवार रहेको ब्यूरोले जनाएको छ । उनलाई काठमाडौँ महानगरपालिका–७ चावहिलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।
यसअघि मङ्सिर १६ गते सोही घटनामा संलग्न रहेको आरोपमा ताप्लेजुङ, मिरिङदेङ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई काठमाडौँको महाराजगञ्जस्थित पानीपोखरीबाट पक्राउ गरिएको थियो । उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उनीहरुले विसं २०७३ को चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी पाँचजनालाई विभिन्न मुलुक हुँदै दक्षिण अफ्रिका पु¥याएर बिक्री गरेको खुल्न आएको छ ।
पीडितलाई शारीरिक, मानसिक र आर्थिक शोषण गरी चार÷पाँच महिनासम्म बन्धक बनाएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगेपछि पीडितको उद्धार भएको थियो । उनीहरु नेपाल आई ब्यूरोमा दिएको जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरेको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ मंसिर २०७७, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ