काठमाडौँ । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए ।
अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले सन् २०१९ मा पत्रकार जामलाई गिरफ्तार गरेको थियो । इरानी सर्वोच्च अदालतले फैसला सुनाएको चार दिनपछि पत्रकार जामलाई मृत्युदण्ड दिइएको थियो ।
इरानको राज्य नियन्त्रित समाचार संस्था इर्नाका अनुसार पत्रकार जामलाई शनिबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
पत्रकार जामलाई मृत्युदण्ड दिइनु मानव अधिकारको ठाडो उल्लंघन भएको जनाउँदै रिपोर्टर्स विदाउट बोर्डर्सले आपत्ति जनाएको छ ।
पत्रकार जामले संचालन गरेको टेलिग्राम एप्समा इरानी सरकारले प्रदर्शनकारीमाथि गरेका दुव्र्यवहारको समयरेखा सहित समाचार सामग्री राखिएको छ । त्यसबखत झण्डै एक हजार प्रदर्शनकारीलाई गिरफ्तार गरिएको थियो । त्यसक्रममा झण्डै २०० देखि ४०० व्यक्तिको मृत्यु हुनुका साथै हजारौं व्यक्ति घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ मंसिर २०७७, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु