गोरखा । गोरखामा आफैं चढेको बसले किच्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा आफै चढेको बसले बसले किच्दा ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको हो ।
गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना ३ ख ८१४३ नम्बरको बसले किच्दा मृत्यु भएको प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको थिए ।
सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफै चढेको बसको पछाडिको चक्काले किचेको हो । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०७७, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु