गोरखा । गोरखामा आफैं चढेको बसले किच्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा आफै चढेको बसले बसले किच्दा ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको हो ।
गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना ३ ख ८१४३ नम्बरको बसले किच्दा मृत्यु भएको प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको थिए ।
सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफै चढेको बसको पछाडिको चक्काले किचेको हो । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०७७, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु