काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले जानकारी दिनुभयो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस गराएको बताइएको छ ।
भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिक कोलाहल गर्दै घर बाहिर निस्किएका थिए । भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २७ मंसिर २०७७, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प