एजेन्सी । भारतको महाराष्ट्र राज्यले बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिने व्यवस्था भएको कानुन ल्याएको छ । महाराष्ट्र राज्यको मन्त्रीपरिषद्ले सो व्यवस्थासम्बन्धी कानुनलाई विधानसभाको हिउँदे सत्रमा विधयेक प्रस्तुत गर्ने भएको छ ।
यसैगरी उसले एसिड आक्रमण पीडितलाई १० लाखको क्षतिपूर्ति दिने प्रावधान पनि विधयेकको मस्यौदामा समावेश गरेको छ । राज्यका गृहमन्त्री अनिल देशमुखले मन्त्रीपरिषद् बैठकपछि सरकारले बलात्कार, एसिड आक्रमण लगायतका महिलाहिंसामा दोषीलाई मृत्युदण्ड, आजीवन कारवाससँगै अत्याधिक जरिवाना लगायतका कडा सजायहरूको व्यवस्था गरिएको बताएका छन् ।
विधयेक अनुसार एसिड आक्रमण पीडितको शल्यक्रिया लगायतका उपचारका लागि १० लाख रूपैयाँ दिइनेछ भने सो रकम दोषीबाट असुल गरिनेछ । यस अनुसार आरोपीविरूद्ध ३० दिनभित्र कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ भने मुद्धाको सुनुवाइ विशेष अदालतमा हुनेछ। विधयेकमा प्रहरीले १५ दिन भित्र आरोपत्र अदालतसमक्ष पेस गरिसक्नुपर्ने प्रावधानको व्यवस्था गरिएको छ । गृहमन्त्री देशमुखले १४ दिसेम्बरबाट सुरू हुने विधानसभाको हिउँदे सत्रमा विधयेक प्रस्तुत गर्ने बताए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ मंसिर २०७७, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?