कोरोना संक्रमणबाट नेकपाका केन्द्रीय सदस्यको निधन

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, ०८ : ३५
कोरोना संक्रमणबाट नेकपाका केन्द्रीय सदस्यको निधन

काठमाडौं । कोरोना संक्रमणबाट नेकपाका एक जना केन्द्रीय सदस्यको निधन भएको छ । काभ्रेका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको गएराती निधन भएको हो ।

कोरोनाले गम्भिर समस्या देखिएपछि उनलाई दुई साता अगाडी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनी ६९ वर्षका थिए । उनकी पत्नी इन्द्रमाया तामाङका अनुसार, उनलाई ‘१४ दिनअघि कोरोना संक्रमण देखिएको थियो ।

स्वाप्रश्वासमा समस्या देखिएपछि उनलाई टिचिङ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । प्रेसर, सुगरको समस्यासँगै किड्नीका समेत समस्या भोगिरहेका लामालाई आइसियुमा राखेर उपचार गर्दा पनि सुधार देखिएका थिएन् । गएराती उनको ११ बजे निधन भएको पत्नी इन्द्रमायाले बताइन् ।

लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट उनी सांसदमा बिजयी भएका थिए । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए । नेकपामा उनी तत्कालिन माओवादी समुहबाट केन्द्रीय सदस्य भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस