पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ मंसिर २०७७, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि