प्रधानमन्त्री ओलीलाई वामदेवले ‘सूर्य थापा’ लाई सल्लाहकारबाट हटाउन भनेपछि...

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, ०९ : ४१
प्रधानमन्त्री ओलीलाई वामदेवले ‘सूर्य थापा’ लाई सल्लाहकारबाट हटाउन भनेपछि...

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार छन, सूर्य थापा । अनि नेकपाका प्रचार विभागका उपप्रमुख पनि । अरुलाई म जत्तिको जान्ने बुझ्ने र विधि÷विधानका विषयमा नेताहरु नजान्ने र आफैं मात्रै जान्ने ठान्छन उनी । बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयमा बसेर थापाले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल लगायतका नेताहरुका विरुद्ध निरन्तर विषवमन गर्दै आईरहेका छन् ।

उनको यो कार्यशैलीको पार्टीभित्र नेताहरुले चर्काे रुपमा आवाज उठाउदै आईरहेका छन । तर पनि प्रधानमन्त्री ओली नेताहरुले उठाएका यस्ता प्रश्नहरुमा चुपचाप मुकदर्शक भएर बस्ने गर्दै आईरहेका छन्  । अहिले फेरि थापा सामाजिक सन्जालमा नेताहरुका विरुद्ध उत्रिन थालेका छन् । शनिबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले सूर्य थापालाई तत्काल सचिवालयबाट हटाउन प्रधानमन्त्रीलाई भनेका थिए ।

सूर्य थापा को हुन् ? उनले हामी नेताहरुलाई तथानाम भन्दै हिड्ने उनको हैसियत के हो ? उनलाई तपाई (प्रधानमन्त्री) को सचिवालयमा राखेर किन हाम्रा विरुद्ध जथाभावी बोल्दा पनि तपाई केही गर्नुहुन्न ?’ उपाध्यक्ष गौतमले आक्रोशपूर्ण रुपमा अभिब्यक्ति दिएका थिए । गौतमले थापालाई सचिवालयबाट हटाउन मात्र भनेनन्, थापाले अन्ततः प्रधानमन्त्रीलाई नै सिध्याउने भन्दै त्यस्ता मान्छेलाई सचिवालयमा त के पार्टीभित्रै पनि अनुशासनको कारवाही गर्नुपर्ने ब्यक्ति भएको बताएका थिए । तर गौतमको यस्तो टिप्पणीमा प्रधानमन्त्री ओलीले खास केही बोलेनन् । 

एकदम असहिष्णु स्वभावका थापाले गौतमको त्यस्तो अभिब्यक्तीको फेरि सामाजिक सन्जाल मार्फत प्रतिक्रिया दिएका छन् । पार्टी कमिटि बैठकमा जुनकुनै नेता कार्यकर्ताका विषयमा पनि नेताहरुले प्रश्न उठाउने, छलफल गर्न पाउने हुन्छन् । तर त्यसको समाजिक सन्जालमा उत्रेर फेरि जथाभावी नेताहरुका विरुद्द विषवमन गर्ने संस्कार कम्युनिष्ट पार्टीमा नहुनु पर्ने हो । तर सूर्य थापालाई यस्तो छुट प्रधानमन्त्रीको सचिवालयमा बसेर प्रधानमन्त्रीका पक्षमा दुई चार वाक्य बोल्दै हिड्नाले मिलिरहेको छ ।

थापाले गौतमले उठाएको यही विषयलाई सामाजिक सन्जालमा वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री हुदा रत्नपार्कमा सडक अनुशासन उल्लंघन गर्दै गरेको तस्विर पोष्ट गरेर को कस्तो ? तस्विर काफी छ भनेर पोष्ट गरेका छन् । यसले गौतम र थापाको सम्बन्ध थप चिसोपना बढेको छ । गत निर्वाचनमा थापा लगायतका नेताहरुले गौतमका विरुद्ध अन्र्तघातमा सहयोगी भूमिका खेलेको भन्दै उनी विरुद्ध कारवाहीको माग गौतमले पटक पटक गर्दै आईरहेका छन् ।

हेर्नुहोस थापाले सामाजिक सन्जालमा राखेको पोष्ट :


तर थापाको त्यस्तो पोष्टमा कमेन्ट गर्ने अधिकाशंले उनै थापालाई आलोचना गरेका छन् । प्रधानमन्त्रीको सचिवालयमा बसेर यस्तै यस्तै काम गरेर प्रधानमन्त्रीलाई कमजोर बनाउने काम थापाले गरेको अधिकाशंको फेसवुकमा टिप्पणी छ । उनले प्रधानमन्त्रीको सल्लाहकार पदमा नियुक्तिका लागि कुन्दन अर्यालका विरुद्ध पनि केही पत्रकारलाई प्रयोग गरेर जथाभावी समाचार लेखाउन लगाउने र नियुक्ति लिने काम गरेको आरोप पत्रकारहरुका वीचमा अझै पनि चल्ने गर्छन् ।

आफु भन्दा सिनियर नेताहरुसँग गर्ने ब्यवहार कस्तो हुन्छ ? पार्टी कमिटिमा गर्ने छलफल र बहसलाई सामाजिक सन्जालमा लैजान मिल्ने नमल्निे भन्नेमा उनीसँग कुनै हेक्का नै छैन् । तर उनलाई रिस उठेका नेता , अझ उनको जागिरे मानसिकतालाई धक्का पुग्ने कुनै गतिविधि भएमा उनलाई असहैय हुन्छ । त्यही भएर पनि थापा बेलाबेला समाजिक सन्जालमार्फत नै रोइलोमा उत्रने गरेका छन् । त्यही क्रममा उनले अहिले फेरि उपाध्यक्ष गौतमका विरुद्ध समाजिक सन्जालमा उत्रन खोजेका हुन् ।
 
 

प्रतिक्रिया दिनुहोस