काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी रु सात लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० मंसिर २०७७, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि