काठमाडौँ । कहिलेकाहीँ दिनमा दुईपटकसम्म त कहिले हरेक दिनजसो भेटघाट गर्ने नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ‘वान टु वान’ संवाद नभएको झन्डै एक महिना हुन लाग्यो ।
उनीहरुबीच पछिल्लोपटक कात्तिक २५ मा करिब १५ मिनेट मात्रै ‘वान टु वान’ संवाद भएको थियो । त्यसयता ओली र दाहालबीच बैठक वा सामूहिक भेट भए पनि ‘वान टु वान’ संवाद ठप्पै छ ।
त्यसअघि २० कात्तिकमा उनीहरुबीच ‘वान टु वान’ संवाद भएको थियो । उक्त भेटमा १९ कात्तिकमा ओली समूहले प्रदेश एक स्तरीय भर्चुअल बैठक राखेको विषयमा दाहालले आपत्ति प्रकट गरेका थिए । साथै सचिवालय बैठकको लागि पनि दाहालले आग्रह गरेका थिए । तर, ओलीले त्यसलाई अस्वीकार गरेका थिए।
त्यसअघि दुई अध्यक्षबीच १५ कात्तिकमा ‘वान टु वान’ संवाद भएको थियो । संवादमा राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव र भारतीय गुप्तचर ‘रअ’का प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसँगको भेटलगायताका विषयमा तिक्ततापूर्ण संवाद भएको थियो । सोही दिन दुई अध्यक्षबीच ‘अब अलग अलग जाने हो भने जाँउ’ भन्नेसम्मको संवाद भएको नेताहरुले बताएका थिए ।
त्यसपछि २२ कात्तिकमा उनीहरुबीच संयुक्तरुपमा भेट भयो । बैठकको सहमतिका लागि दाहालसहितका पाँचजना नेता पत्र बोकेर बालुवाटार गएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० मंसिर २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप