काठमाडौं । सङ्घीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेर प्रदेश नं २ मा रहेको ‘समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम’ को ठेक्का अघि बढाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्रप्रसाद सोनालले आज दायर गर्नुभएको रिट निवेदनमा उक्त प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने कार्यक्रममा केन्द्र सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागले ठेक्का प्रक्रिया अघि बढाएको उल्लेख छ ।
जलस्रोत तथा सिँचाइ विभागले गत कात्तिक २४ गते गरेको बोलपत्र आह्वान नेपालको संविधानविपरीत भएको उल्लेख गर्दै रिट निवेदनमा प्रदेशमा गएकोे अधिकारलाई सङ्घीय सरकारले पुनःफिर्ता लिने काम गरेको जिकिर गरिएको छ ।
विभागको बोलपत्र आह्वानसम्बन्धी सो सूचनाले नेपालको संविधानको संवैधानिक व्यवस्था, सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश सरकारको अधिकारलाई सङ्कुचित गरेकाले रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग निवेदनमा गरिएको छ । उक्त निवेदनको यही मङ्सिर २६ गते संवैधानिक इजलासमा सुनुवाइ हुने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ मंसिर २०७७, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
रवि लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै