फिदिम । मेची राजमार्गको पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिएका छन् ।
स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च ५७३६ नंको डबल क्याप पिकअप फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ मंसिर २०७७, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते