गण्डकी प्रदेशअन्तर्गत नवलपरासी९पूर्व० र कास्कीमा दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
नवलपुरको मध्यविन्दु नगरपालिका–९ वसन्तपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको थुम्कीदेवी बोर्डिङ स्कूलको ग १ क २४८३ नं।को बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प २४३७ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका–१३ बस्ने मोटरसाइकलमा सवार २६ वर्षीय सन्तबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना भएसँगै नेपालीसहित सोही स्थान बस्ने मोटरसाइकल चालक मनु विक र तुलबहादुर खाम्चा मगरलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रनाउ राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित ओरालोमा ग ४ प ५६४८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टन जाँदा मोटरसाइकल चालक पोखरा–२१ राम्दी बस्ने विजय नेपाली घाइते भएका छन् । नेपालीलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ मंसिर २०७७, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु