भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्ने

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १७ : ५१
भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाइ छ । 
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले भने, ‘भारतसँग नेपालको त्रेतायुग र द्वापरयुगदेखिको सम्बन्ध हो । चीनसँगपनि सातौं शताब्दीदेखि सम्बन्ध हो । चीनसँगपनि एकदमै लामो सम्बन्ध छ । नेपालको लोकेसन नै रणनीतिक छ, विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको र विश्वकै सबैभन्दा दोस्रो ठूलो ईकोनोमी चीन हो । भारत पाँचौं आर्थिक संख्या हो । दोस्रो कुल जनसंख्या भारतसँग छ । हामी दुवै देशको बीचमा छौं । दुवै देशसँग प्राचिन सम्बन्ध छ ।’

उनले सम्बन्धको कुरा गर्दा चीनको विरोध, भारतको समर्थन, चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिएपनि नेपालले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग समुधुर सम्बन्ध राख्नुपर्ने जोड दिए । महतले नेपालले  भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए । उनले भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको पनि सुनाए । 
त्यस्तै, चीनसँग पनि नेपालको सिमा विवाद रहेको उनले उल्लेख गरे । 
उनले भारत र चीनको सम्बन्ध सुधार गर्न नेपालले पनि भूमिका खेल्न सक्ने सुनाए । महतले थपे,‘भारत र चीनबीच आर्थिक सम्बन्धको लागि  नेपालले प्रभावकारी भूमिका खेल्न सक्छ, व्यापार सम्बन्ध बढाउनको लागि नेपाललाई एउटा ब्रिजको रुपमा अघि बढाउन सकिन्छ । भविष्यमा पनि दुई देशबीचको सम्बन्ध, अझै सुदृढ हुनुपर्छ । नेपालको परराष्ट्र नीति पनि त्यही ढंगले अघि बढाउनुपर्छ ।’

अहिले राजाको पक्षमा खासगरी राजतन्त्र ल्यानुपर्यो भनेर सडकमा जुलुश तथा प्रदर्शन भयो नि रु भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अहिले राजाको पक्षमा, राजतन्त्र ल्याउनुपर्यो, २०४७ को संविधान पूर्नस्थापना गर्नुपर्यो, हिन्दूराज्य बनाउनुपर्यो भनेर ठाउँ÷ठाउँमा जुलुश भैरहेको सुनें । आफ्नो विचार र धारणाअनुसार विचार उठाउने, आवाज उठाउने अधिकार सबैको छ । संविधानमा राजनीतिक व्यवस्थामा राम्रोसँग व्यवस्थापन भएको छैन् । भ्रष्टाचार भैरहेको समाचार छन्, असन्तुष्टि छन् । त्यसको परिणाम पनि यो अहिलेको विरोध तथा प्रदर्शन भएको हो । संविधान कार्यान्वयन गर्ने चूनौति छन् । जनताको आवश्यकताको कदर गर्ने कुरामा सरकार जिम्मेवार हुनुपर्छ । सुशासनको आवश्यकत्ता छ । मुखलेमात्रै यो गर्छु र उ गर्छु भनेर हुँदैन् । क्षमता देखाउनुपर्यो ।

काम गरेर देखाउनुपर्छ । प्रतिफल राम्रो हुनुपर्छ । विकृत ढंगले खर्च हुनुभएन । प्रतिफल निस्किने ढंगबाट लगानी हुनुपर्छ । आर्थिक स्थितिलाई सुधार गरेर सम्पन्न गर्नुपर्छ । सुशासन बढाउनुपर्छ । विरोधहरु कम गर्न काम गर्नुपर्छ । सरकार जिम्मेवारी पूरा गर्न जति जति कमजोर हुँदै जान्छ, त्यति त्यति सरकारको विरोधमा प्रदर्शन हुन्छन् । जनआकांक्षा पूरा गर्नेतिर सरकार लागेन, अहिले खासै उपलब्धि भएन । अहिले सत्तारुढ दलभित्र लडार्इँ छ । सरकारले योग्यता र क्षमताको आधारमा अवसर दिनुपर्छ । देशलाई राम्रो सुशासनको आवश्यकत्ता छ । राजनीतिक क्षेत्रमा सुधार हुनुपर्यो । 
राजसंस्था फर्कनसक्ने सम्भावना छ रु भन्ने पत्रकारको अर्को जिज्ञासामा उनले अहिले नै आफूले त्यो सम्भावना नदेखेको स्पष्टपारे । उनले भने,‘अहिले नै म सम्भावना देख्दिनँ । आवाज उठाउने अधिकार छ । संविधान सफल हुन सकेन, कार्यान्वयन हुन सकेन भने त्यो आवाज बढ्दै जान्छ । जनताका आकांक्षा पूरा गर्न सक्यौं, वचनअनुसार काम गर्न सकियो भने राम्रो हुन्छ । त्यो सम्भावना छैन, तुरुन्तै छैन । व्यववस्थापनमा सुधार ल्याउनुपर्छ । सुधार गर्न जरुरी छ । उपलब्धि भएको खण्डमा, विकल्पमा जानुहुँदैन् ।’


फरक प्रसँगमा उनले आफ्नो पार्टीको महाधिवेशनको तयारी भैरहेको सुनाए । उनकाअनुसार क्रियाशिल सदस्यता जिल्ला÷जिल्लाबाट यो महिनाभित्र आइपुग्नुपर्छ भन्ने प्रस्ताव छ । महाधिवेशन निश्पक्ष ढंगबाट सम्पन्न गर्नुपर्छ भनेर आफूहरुले आवाज उठाएको पनि महतले सुनाए ।

प्रतिक्रिया दिनुहोस