काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई संगसंगै लैजाने बताएका छन् । पार्टी केन्द्रिय सचिवालयद्वारा आयोजित अन्तर्क्रीयामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको र काङ्ग्रेसको कमजोर र असफल प्रतिपक्षी भुमिकाले थप निराशा पैदा भएको चर्चा गर्दै बैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्न पार्टीलाई बनाउने गरि अघि बढ्न निर्देशन दिए ।
मुलुकमा ब्याप्त भ्रष्टाचार , बेरोजगारी र धर्मपरिबर्तनले मुलुकलाई समस्याको दलदलमा फसायको भन्दै थापाले शसक्त र हस्तक्षेपकारी भुमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा जोड दिए । हिन्दुराष्ट्र र राजसंस्थाको आबश्यकता दिनप्रतिदिन बढिरहेको र जनताको परिबर्तनको चाहना भएकोले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अघि बढाउने समेत थापाले बताए । महाधिवेशनलाई सफलता पुर्बक सम्पन्न गर्नको निमित्त समय सिमा भित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराए । कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान र भाष्कर भद्रा लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ मंसिर २०७७, १७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि शैक्षिक हड्ताल घोषणा
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु
पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप
२४ गतेको विध्वंस, उग्र बनाउने पत्रकार, कलाकार देखि जेनजी अगुवा विरुद्ध किटानी जाहेरी
निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो