बारा । जेनजी र स्थानीय प्रशासनबीच पथलैया स्थित शसस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा भएको छलफलमा मागहरू ३ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सुरक्षा निकायका प्रमुखहरू र जेनजी तर्फबाट सम्राट उपाध्याय नेतृत्वको टोली सहभागी भएको छलफलमा घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही, घाइतेको निःशुल्क उपचार तथा क्षतिपूर्ति, जेनजी कार्यकर्ताको सुरक्षा सुनिश्चितता, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने अधिकारीमाथि कारबाही र अरविन्द साहको कल डिटेलसहित अनुसन्धान अघि बढाउनुपर्ने माग राखिएको थियो।
वार्तामा सहभागी जेनजी अगुवा सुदन गुरुङ र पुरुषोत्तम यादवले आफूहरूमाथि योजनाबद्ध रूपमा हातपात भएको दाबी गर्दै दोषी जो कोही भए पनि कडा कारबाही गर्न आग्रह गरे। जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष तमाङले उजुरीका आधारमा कसुरदारको खोजी भइरहेको र पीडितलाई कानुनी व्यवस्था अनुसार उपचार तथा क्षतिपूर्ति उपलब्ध गराइने बताए।
प्रमुख जिल्ला अधिकारी मिश्रले जेनजीका मागहरूप्रति प्रशासन गम्भीर रहेको भन्दै सकेसम्म चाँडो समाधानमा अघि बढ्ने आश्वासन दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०८२, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान
जाँचबुझ आयोगद्धारा ओली र लेखकलाई पत्र पठाउने तयारी
मिराजको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा
भोलि शैक्षिक हड्ताल घोषणा
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु
पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप