नेकपा विवाद ठूलो घरको सल्लाह : मन्त्री ढकाल

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १६ : ५८
नेकपा विवाद ठूलो घरको सल्लाह : मन्त्री ढकाल

चितवन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेकपाको विवाद ठूलो घरको सल्लाह भएको बताएका छन् । 

चितवनको भरतपुर अस्पतालमा ईमरजेन्सी र सरुवा रोग भवनको शिलान्यास समाहरोहमा बोल्दै उनले ठूलो घरमा सल्लाह गर्दा बाहिर हल्ला जस्तो गरी सुनिएपनि यथार्थमा ठूलो घरको सल्लाह भएको बताए । ठूलो पार्टीमा कहिलेकाहीँ यस्तो हुने र यसले पार्टीलाई कुनैखाले क्षति नगर्ने उनले बताए ।

मन्त्री ढकालले भरतपुर अस्पतालभित्र ५० शय्याको सरुवा रोग भवन र ५० शय्याको आकस्मिक सेवा भवनको शिलान्यास गरेका छन् ।

२५ करोड रकममा अस्पताल परिसरमा दुई वटा भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस