काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । दिउँसो १:४५ बजेसम्म जिल्ला नगर, वस्तुगत र एशोसियट्स समेत गरि उक्त परिमाणमा मत खसेको निर्वाचन समितिले जनाएको छ ।
हालसम्म ७० वटा जिल्ला नगर, ६५ एशोसियट्स र ६०० जना एशोसियट्स सदस्यले मतदान गरेका छन् ।
जिल्ला नगरतर्फ १ सय ७, वस्तुगतमा १ सय ३ र एशोसियट्समा ९ सय २३ जनाको मताधिकार छ ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना थाल्ने निर्वाचन समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०७७, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि