गुल्मी । गुल्मीको हाडहाडेमा मोटरबाटो माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका वडा नम्वर ३, हाडहाडे स्थित नादी मस्यारा झुल्केपोखरीमा ढुङ्गाले लागेपछि स्थानीय ३६ बर्षीया श्यामकुमारी मुखियाको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिवार पोष्टमार्टमका लागि जिल्ला अस्पताल शव लिएर आएका स्थानीय समाजसेवी बाबुलाल नेपालीका अनुसार मुखिया त्यस मोटरबाटो उपभोक्ता समितिकी सदस्य थिइन् । घाँस काट्न गएको बेला माथि ढोजरले मोटरबाटो खन्दा खसेर भिरमा अड्किएको ढुङ्गा खसेर उनलाई लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०७७, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु