काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण हेटौडा–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैशवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्राधिकरणका नवौँ तहका इञ्जिनीयर जैशवालले प्रसारण लाइनभित्र पर्ने रुख कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० लाख घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी जैशवालविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ मंसिर २०७७, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर