आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, ०८ : १२
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।

लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । देशका अरु क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुने देखिएको हो ।

बुधबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस