नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई सत्ता हस्तान्तरण गर्छु : ट्रम्प

एजेन्सी

मंगलबार, ०९ मंसिर २०७७, ०९ : ५७
नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई सत्ता हस्तान्तरण गर्छु :  ट्रम्प

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः औपचारिक रुपमा सत्ता हस्तान्तरण गर्न स्वीरकार गरेका छन् ।  ट्रम्पले राष्ट्रपतिमा निर्वाचित बाइडनलाई कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन् ।

उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्नु सिफारिस गरेको बताए । तर ट्रम्पले भने चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने बताएका छन् । जिएसएले पनि बाइडनलाई स्पष्ट विजेताको रूपमा आफूले स्वीकार गरेको जनाएको छ। 

ट्रम्पले पहिलोपटक ट्वीटर सन्देशमा बाइडनले जितेको लेखे

अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ।

जिएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन् । ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन्। उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाएकी छन्।

प्रतिक्रिया दिनुहोस