एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल बेपत्ता भएका छन् । उनी वेपत्ता भएलगत्तै अनेक शंका गर्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हान सोल किम जोङ उनका सौतने भाई किम जोङ नामका छोरा हुन् । किम जोङ नामलाई सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा हत्या गरिएको थियो ।
उनको हत्याको आरोपमा एक भियतनामी र इन्डोनेसियाई महिलाहरु पक्राउ परेका थिए । त्यसबेला नामको हत्या उत्तरकोरियाका नेता किम जोङ उनसँग पनि जोडिएको थियो । तर प्योङयाङले उक्त आरोपको खण्डन गरेको थियो । तर अहिले पनि किमकै भतिजा बेपत्ता भएपछि उत्तरकोरियातर्फ प्रश्न उठिरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरुका अनुसार अहिले बेपत्ता भएका सोल, उनकी बहिनी र आमाले सन् २०१७ मै गोप्य ढंगले उत्तर कोरिया छाडेका थिए । सोल अन्तिमपटक अमेरिकी गुप्तचर एजेन्सी (सिआइए) का एक एजेन्टसँग देखिएका थिए । त्यसपछि उनको बारेमा केही खबर बाहिर नआएको जनाइएको छ । आफ्नो पिताको हत्यापछि उनी सार्वजनिक जीवन र चर्चाबाट टाढिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ मंसिर २०७७, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरिया अब विश्वलाई प्रहार गर्नसक्ने सैन्य क्षमताले सुसज्जित छ : किम
ट्रेनवाटै मस्को पुगे उत्तर कोरियाली नेता किम जोङ
खाद्य संकट देखिने भएपछि किम जोङ पुगे धान खेतमा
किम जोङ देखिए धान खेतमा
क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किम जोङको निर्देशन
किम जोङकी बहिनी भन्छिन्- अमेरिकासँग वार्ता हुँदैन