काठमाडौँ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवन राष्ट्रिय निकुञ्जमा चार गैँडा मरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत वर्ष निकुञ्जले चोरी शिकारी शून्य वर्ष मनाएको थियो ।
तर यस वर्ष भने अन्य उल्लेख्य सङ्ख्यामा एकसिङ्गे गैँडा मृत फेलापरेपछि समितिले मङ्सिरको तेस्रो हप्ता स्थलगत निरीक्षण र सरोकारवालासँग अन्तक्र्रिया गर्ने भएको छ ।
समितिअन्तर्गतको उपसमितिले शे–फक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको प्राकृतिक बासस्थान व्यवस्थापन, मानव र वन्यजन्तुबीचको सहसम्बन्धका बारेमा सरोकारवालासँग छलफलसमेत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ मंसिर २०७७, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो